|

धादिङ : आफूले मतदान गरेको उम्मेदवारले जितेको वा हारेको थाहा पाउन मतदाता आतुर देखिएका छन्। दौंतरीसँग गफिँदै गरेका चेतनारायण श्रेष्ठको जिज्ञासा थियो, ‘मत गनेर कहिले सकिएला?’ युवा पुस्ताभन्दा पाका पुस्ता निर्वाचन परिणाम थाहा पाउन हतारिएका छन्। ‘चुनाव आयो भन्दा भन्दै सकियो’ पुछारबजारका ऋषि तिवारीले भने, ‘अब कसले जित्ला कसले हार्ला मत गनिसकेपछि थाहा हुन्छ।’

आइतबार सम्पन्न स्थानीय तह चुनावको विषय सबैतिर चासोको विषय बनेको छ। यो कारण फलानाले जित्छ अथवा त्यो कारण ढिस्कनाले जित्छ भन्दै उम्मेदवारको गुणगान गाउँदै व्यस्त छन् मतदाता। यसपटकको चुनावमा सोचेको जस्तो भोट आउँदैन भन्नेको पनि कमी छैन।

यसपटक मतदाताले पार्टीभन्दा पनि आफूले चिनेको र आफूलाई विश्वास लागेको उम्मेदवारलाई भोट दिएका छन्। स्थानीयस्तरमा सधैं देखिइरहेका, भेटिइरहेका उम्मेदवार भएकाले दलहरुलाई एकोहोरो भोट नगएको नीलकण्ठ नगरपालिका ३ का ऋषि तिवारीको ठम्याइ छ। ‘जनताले पार्टीभन्दा व्यक्ति हेरेका छन्, उम्मेदवारले गरेका सामाजिक सेवा र योगदानलाई प्राथमिकतामा राखेका छन्, त्यसकारण मतपरिणाम सोचेभन्दा उल्टो आउन सक्छ’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.