|

जुम्ला : हिमा गाउँपालिका जुम्लाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्र विजय भएको छ। अध्यक्षमा विजयी शाहीले १ हजार ३ सय १७ मत ल्याएर विजय हासिल गरेको निर्वाचन अधिकृत आचार्यले बताए। शाहीका निकटतम प्रतिद्वन्द्वी भैरबहादुर रोकाया १ हजार ३ सय १३ मत ल्याएर ल्याएका छन्। उनी ४ मतले पराजित भएका हुन्।

विजय हुने अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका रजबहादुर शाही र उपाध्यक्षका उम्मेदवार हिमाली रोकाया रहेको निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले जानकारी दिए।

त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका हिमाली रोकायाले १ हजार ३ सय २७ मत ल्याएर विजयी भएकी छन्। उनका नजिकका प्रतिद्वन्द्वी चुक्की शाहीले १ हजार १ सय ८५ मत ल्याएको अधिकृत आचार्यले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.