|

बाबियाचौर : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा कांग्रेस र अन्नपूर्ण–३ मा एमालेका वडा अध्यक्षसहित सबै उम्मेदवार निर्वाचित भएका छन् । 

रघुगङ्गा–१ बेगमा नेपाली कांग्रेसका बिलबहादुर फगामी ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत पाए। 

यसैगरी, ५०७ मत प्राप्त गरी एमालेका नरसिङ पुन अन्नपूर्ण गाउँपालिका–३ दानाको वडाध्यक्ष चुनिएका छन्। प्रतिस्पर्धी कांग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गरे। 

अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा हालसम्म एमालेकी दुर्गादेवी पाइजाले ९९२ मत र नेपाली कांग्रेसकी केशमाया मगरले ७२० मत प्राप्त गरेकी छिन्। एक हजार ४२० मत र दुई मतदान केन्द्र रहेको दानामा एक हजार ३१ जनाले मतदान गरेका थिए।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.