|

नवलपरासी : नवलपरासीको पहाडी क्षेत्रको बुङ्दीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दुर्गाबहादुर राना विजयी भएका छन्। मंगलबार बिहान सकिएको मतगणना अनुसार कांग्रेस उम्मेदवार रानाले ३ हजार १ सय ९१ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार श्यामसुन्दर श्रेष्ठले ३ हजार ३९ मत ल्याएका छन्।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मायादेवी श्रेष्ठ निर्वाचित भएकी छन्। उनले ३ हजार १ सय ७३ मत ल्याएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी दिलकुमारी केसी सारुले ३ हजार १० मत ल्याएकी छन्।

यस गाउँपालिकाको ६ वटा वडामध्ये ३ वटामा कांग्रेस र ३ वटामा एमालेले अध्यक्ष पद जितेको छ। कांग्रेसबाट वडा नम्बर १ मा टोलनाथ कँडेल, ३ मा यमबहादुर थापा र ४ मा मनबहादुर सारु अध्यक्ष निर्वाचित भए। एमालेबाट वडा नम्बर २ मा बालप्रसाद ठाडा मगर, ५ मा बलबहादुर खरु मगर र ६ मा नेमबहादुर थापामगर अध्यक्ष निर्वाचित भएका निर्वाचन कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.