|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको रोशी क्षेत्रमा पर्ने रोशी गाउँपालिकामा नेपाली कांग्रेको अग्रता रहेको छ। सो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको दलबहादुर मोक्तानले १३ सय ५६ मत ल्याएका छन् भने नेकपा एमालेका बज्रध्वज लामाले ७ सय ३३ र नेकपा माओवादी केन्द्रका मिमबहादुर बाइबाले ५ सय ४८ मत प्राप्त गरेका छन्। हाल सम्ममा वडा नं. १२, ११ र १० नं. वडाको मत गणना सम्पन्न भएको छ।

सम्पन्न मत परिणामअनुसार वडा नं. ११ मा नेपाली कांग्रेसका दूतराज तामाङले ५ सय १६ मत ल्याई विजयी हासिल गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र रहेको छ। त्यस्तै वठडा नं. १० मा नेपाली कांग्रेसकै मिलन लामाले ५४२ मत ल्याई विजयी भएक छन्।

 यसअघि सम्पन्न १२ नं. वडामा भने नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएका छन् । अन्य वडाहरुको मत गणना जारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.