६ वडामा एमाले, कांग्रेस र माओवादी ३/३ वडामा विजयी

|

पोखरा : कास्कीको मादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मंगलबार सम्पन्न मतगणनामा एमालेका उम्मेदवार वेदबहादुर गुरुङले ४ हजार १४५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देविजंग गुरुङले ३ हजार ३८९ मत ल्याए।

गाउँपालिका उपाध्यक्षमा एमालेका विष्णुमाया पौडेल ४ हजार १४५ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रभाश्री गुरुङले २ हजार ९०८ मत ल्याइन्।  

मादी गाउँपालिकामा १२ वटा वडा छन्। त्यहाँका मतदान अधिकृत गुरुदत्त ढकालका अनुसार ६ वटा वडामा एमाले, ३ वडामा कांग्रेस र ३ वडामा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ। १२ वडाका अध्यक्षको अन्तिम परिणाम यस्तो छ। 

  • वडा नम्बर १ मा एमालेका सुरज कुमार गुरुङ । मत ६२६ ।
  • वडा नम्बर २ मा एमालेका एकजंग गुरुङ । मत ३९९ ।
  • वडा नम्बर ३ मा कांग्रेसका मनबहादुर गुरुङ । मत ३५५ ।
  • वडा नम्बर ४ मा एमालेका सत्यराज सापकोटा । मत ४८३ ।
  • वडा नम्बर ५ मा कांग्रेसका रतनबहादुर गुरुङ । मत ५०२ ।
  • वडा नम्बर ६ मा एमालेका पसबहादुर बाँस्तोला । मत ४१७ ।
  • वडा नम्बर ७ मा माओवादीका लालबहादुर गुरुङ । मत ३१२ ।
  • वडा नम्बर ८ मा कांग्रेसका यमबहादुर गुरुङ । मत ४२६ ।
  • वडा नम्बर ९ मा माओवादी केन्द्रका तोरणबहादुर गुरुङ । मत । ४११
  • वडा नम्बर १० मा एमालेका कुल प्रसाद गुरुङ। मत ५३४ ।
  • वडा नम्बर ११ मा माओवादी केन्द्रका मित्रबहादुर गुरुङ । मत २३५ ।
  • वडा नम्बर १२ मा एमालेका चित्रबहादुर गुरुङ । मत ३४० । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.