|

पर्वत : हिमाली जिल्ला मुस्ताङमा स्थानीय तह निर्वाचनको मतगणना सकिएको छ। मंगलबार दिउँसोसम्म जिल्लाको सबै पाँचवटा  स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो। जिल्लाको तीन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कंग्रेसले, एउटामा एमालेले र एउटामा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्।

जिल्लाको लोमान्थाङ गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस सुवर्णकुमार बिष्टले ६०३ मत ल्याएर विजयी भए। उपाध्यक्षमा कांग्रेसकै पेमा डोल्मा बिष्टले ६५२ मत ल्याएर विजयी भइन्।  

थासाङ गाउँपालिका अध्यक्षमा कांग्रेसका बुद्धिप्रसाद शेरचन ७२८ मत सहित विजयी भए। उपाध्यक्षमा विजयी कांग्रेसकै बालकुमारी शेरचनले ७२९ मत ल्याइन्।  

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा कांग्रेस फेन्चोक छेप्तेन गुरुङ ‘धारा’ ६०३ मत ल्याई अध्यक्ष निर्वाचित भए। उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ ६४५ मतसहित विजयी भइन्।  

डालोमे गाउँपालिकामा स्वतन्त्र लोप्साङ छोम्फेल बिष्ट ‘राजु’ले ७५५ मत ल्याई अध्यक्ष निर्वाचित भए। त्यस्तै उपाध्यक्षमा एमालेकी ढोका गुरुङ ६०० मत ल्याएर निर्वाचित भइन्।

घरपझोङ गाउँपालिका अध्यक्षमा एमालेका आशबहादुर थकाली ४५४ मतसहित विजयी भए। उपाध्यक्षमा एमाले उम्मेदवार शर्मिला गुरुङ ७०७ मतसहित विजयी भइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.