|

काठमाडौं : सिन्धुलीको मरिण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सबै पदमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ। मंगलबार दिउँसो सम्पन्न मत गणनामा माओवादीका पानीराज बम्जनले अध्यक्ष र संगीता माझीले उपाध्यक्ष पदमा जित हासिल गरेका छन्।

यसका साथै ७ वटै वडाको अध्यक्षसहित सम्पूर्ण पदमा माओवादीले विजय हासिल गरेको छ। यो सिन्धुलीमा अन्तिम नतिजा सार्वजनिक भएको पहिलो गाउँपालिका हो। यससँगै माओवादीले जितेका स्थानीय तहको संख्या ९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.