|

जुम्ला : जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण बोहरा र उपाध्यक्षमा पुन्नकली महतारा विजयी भएको निर्वाचन अधिकृत जगत बस्नेतले जानकारी दिए।

अध्यक्ष बोहराले २३११ मत ल्याएर विजयी भएका छन्। उनका प्रत्यासी माओवादी केन्द्रका गौरीशंकर बुढाले १९३० मत ल्याएका छन्। पुन्नकली महताराले २०२५ मत ल्याएर उपाध्यक्षमा विजय भएकी छन् भने उनका प्रत्यासी माओवादी केन्दका जनमाया रोकायाले १८५५ मत ल्याएर पराजित भएको निर्वाचन अधिकृत बस्नेतले जनाए।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.