|

सुर्खेत: सुर्खेतका नौ स्थानीय तहका ९९ वटा वडामध्ये २९ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। हालसम्म मतगणना सम्पन्न भएका सुर्खेतका स्थानीय तहका २९ वडामध्ये धेरैमा नेपाली कांग्रेसको अग्रता कायम छ भने नेकपा एमालेले कांग्रेसलाई पछ्याइरहेको छ।

नेपाली कांग्रेस २९ मध्ये १३, नेकपा एमाले १०, माओवादी केन्द्र पाँच र एउटा वडामा स्वतन्त्र प्यानल विजयी भएको छ।

यी हुन् सुर्खेतका स्थानीय तहका वडामा निर्वाचित वडा अध्यक्षहरू

नेपाली कांग्रेस

१. चौकुने गाउँपालिका- २ मा मायाराम जैशी 
२. भेरीगंगा नगरपालिका- २ मा नन्दबहादुर बुढा
३. भेरीगंगा नगरपालिका- ३ मा जीतबहादुर सुनार 
४. भेरीगंगा नगरपालिका- ४ मा महावीर खत्री
५. लेकबेँसी नगरपालिका- २ मा देवबहादुर पचभैया 
६. लेकबेँसी नगरपालिका- ४ मा खगेन्द्र रुचाल मगर
७. चिगाँड गाउँपालिका- ४ मा अम्बर चन्द
८. बराहताल गाउँपालिका- ५ मा तिलकबहादुर मस्र्याङ्गी
९. गुर्भाकोट नगरपालिका- २ मा नोखबहादुर वली 
१०. गुर्भाकोट नगरपालिका- ३ मा ओमप्रकाश बुढामगर
११. चिंगाड गाउँपालिका- १ को अध्यक्षमा वीरबहादुर ओली 
१२. चिगाँड गाउँपालिका- २ मा बुदे खत्री 
१३. बराहताल गाउँपालिका- १ मा तुलाराम भारती 

नेकपा एमाले

१. वीरेन्द्रनगर नगरपालिका- १ मा गंगाराम सुनार
२. बराहताल गाउँपालिका- २ मा युवराज कार्की
३. लेकबेँसी नगरपालिका- १ मा मानबहादुर पुन 
४. गुर्भाकोट नगरपालिका- १ मा लालबहादुर खासुमगर
५. गुर्भाकोट नगरापालिका- ४ मा प्रसन्नकुमार शाह 
६. चौकुने गाउँपालिका- १ मा लक्षिराम आलेमगर 
७. पञ्चपुरी नगरपालिका- १ मा धनबहादुर थापा 
८. सिम्ता गाउँपालिका- १ मा मानसिंह कामी 
९. लेकबेँसी नगरपालिका- ६ मा भीमसेन पुन 
१०. लेकबेँसी नगरपालिका- ३ मा थिरबहादुर चलाउने 

नेकपा माओवादी केन्द्र

१. भेरीगंगा नगरपालिका- १ मा नवराज कार्की 
२. बराहताल गाउँपालिका- ३ मा दत्तबहादुर बराल मगर
३. बराहताल गाउँपालिका- ४ मा टेकबहादुर कठायत 
४. चिगाँड गाउँपालिका- ३ मा रेशम जीसी
५. लेकबेँसी नगरपालिका- ५ मा खड्कबहादुर रास्कोटी 

स्वतन्त्र प्यानल

बराहताल गाउँपालिका-  ६ मा खगेन्द्र गिरीको नेतृत्वमा रहेको स्वतन्त्र उम्मेद्ववारहरूको प्यानल विजयी भएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.