|

जुम्ला: जुम्लाको सिँजा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवलसिंह रावल र उपाध्यक्षमा नेकपा एमालेका जन्मकन्या खत्री विजय भएका छन्।

अध्यक्षमा विजय भएका रावलले १४ सय ३० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत उमाकान्त पौडेलले जानकारी दिएका छन्। उनका प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद धितालले १२ सय तीन मत प्राप्त गरेका छन्। उनले रावलभन्दा २२७ मत कम ल्याएका छन्।

उपाध्यक्षमा नेकपा एमालेका जन्मकन्या खत्री १४ सय ११ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रजकली शाहीले १२ सय ६२ मत पाएकी थिइन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार हिक्मत खत्रीले ११ सय १३ र उपाध्यक्षका उम्मेदवार शीतली रोकायाले ११ सय ७५ मत ल्याएको निर्वाचन अधिकृत पौडेलले बताए। टेलिफोन सम्पर्क हुन नसकेकाले सबै वडाध्यक्षको विवरण भने आउन सकेको छैन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.