|

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पदमबहादुर लामा विजयी भएका छन्। लामाले १३६५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले १२४२ मत ल्याए।

त्यस्तै उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार वली रावतले १३७५ मत ल्याएर विजयी भए। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुशीला रोकायाले १२५० मत ल्याइन्। उपाध्यक्षमा निर्वाचित रावत नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन्। माओवादी केन्द्रले उपाध्यक्षमा उम्मेदवारी दिएको थिएन।

हुम्लाको अदानचुली गाउँपालिकामा भने नेकपा एमालेका दल फडेरा निर्वाचित भएका छन्। उपाध्यक्षमा चौमती ऐडी निर्वाचित भइन्। त्यस्तै ताँजाकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका बागदल छत्याल र उपाध्यक्षमा माओवादी केन्द्रकै मञ्जु बुढा निर्वाचित भएका छन्। अब हुम्लाको चारवटा गाउँपालिकाको नतिजा आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.