|

कालिकोट : सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका माओवादी केन्द्रका नेता डम्बर शाहीले गाउँपालिका ५ वर्षभित्र समृद्ध बनाउने बताएका छन्। शाहीले गाउँपालिकालाई पहिलो नगदे बालीमा आधारित कृषिमा जोड, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रमा जोड दिएर समृद्ध बनाउने बताएका हुन्।

कर्णाली अञ्चलबाट पहिलो पटक मत परिणाम सार्वजनिक भएको सान्नी त्रिवेणी गाउँपालिका विजय भएका शाहीले अहिले गाउँघरमा गएर आफूलाई मत दिएर विजय गराउने जनतासँग गएर चुनावका बेला विकासका बाचा गरेका

विकासे योजना कसरी कार्यन्वयन गर्ने विषयमा छलफल गरिरहेको शाहीले बताए। ‘मैले जनतासँग चुनावका बेला विकास बाचा गरेको थिएँ।’ उनले भने, ‘त्यसै विषयमा अहिले जनतासँग छलफल गरिरहेको छुँ।’

गाउँपालिकामा विकासका लागि प्राविधिक शिक्षालय, स्वास्थ्यमा सुधार, कृषिमा नगदे बाली र पशुपालन क्षेत्रको बृहत्तर विकास गरेर गाउँपालिकालाई विकास आधार तयार पार्ने बताए। ‘मेरो पहिलो प्राथमिकता भनेको स्वास्थ्य क्षेत्रको सुधार र नगदे बालीको विकास हो।’ उनले थाहाखबरसँग भने, ‘पशुपालन र प्राविधिक शिक्षालयको अवधारणा छिट्टै पूरा गर्नेछु।’

शाहीले गाउँपालिकाको विकास अल्पकालीन र दीर्घकालीन विकास योजना तयार गरिने बताए। ‘पर्यटन क्षेत्रको विकास हाम्रो गाउँपालिकाको विकासको आधार हो।’ उनले भने, ‘गाउँको विकासको सम्भवना धेरै छन्। तिनै सम्भावनालाई विकासको आधारका रुपमा विकास गरिने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.