|

नवलपरासी : नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बनेकी छन्।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बनेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत प्राप्त गरे।

त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल ४ हजार ४६८ मत प्राप्त गरी विजयी बनेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.