|


सुर्खेत : सुर्खेतको चिगांड गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। सुर्खेतको सबैभन्दा सानो गाउँपालिका चिगांड गाउँपालिकाको अध्यक्षमा  नेपाली कांग्रेसका देवबहादुर चन्दले २ हजार ९ सय ४९ मत ल्याएर विजयी भएका हुन ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बखतबहादुर खत्रीले २ हजार ३ सय ८५ मत पाएका थिए। यस्तै माओवादी केन्द्रका बोधविक्रम जिसीले १ हजार ७ सय २१ मत पाएका छन्। यता, उपाध्यक्षमा पनि कांग्रेसकै मनमाया आचार्यले २ हजार ८ सय ७७ मत ल्याएर विजयी भएकी छन्।

उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी दीपा कुमारी रानाले २ सय ४ सय १४ मत ल्याएकी छिन्। भने माओवादी केन्द्रकी तेजकुमारी रानाले १ हजार  ५ सय १९ मत ल्याएकी छन्। ६ वडा मात्रै वडा रहेको सुर्खेतको चिगांड गाउँपालिकाका १, २, ४ मा कांग्रेस र ३ र ५ माओवादी केन्द्र र ६ मा एमालेको प्यानल विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.