|

दमक : सोमबार आएको हावाहुरीका कारण झापाको दक्षिणवर्ती गाउँहरुमा अवरुद्ध बनेको विद्युत् सेवा सञ्चालनमा आउन नसक्दा गाउँ नै अन्धकार बनेको छ। हुरीले ठाउँ-ठाउँमा विद्युत् तार चुटाएको र ५० वटाभन्दा बढी विद्युत् पोलहरु ढलेका कारण अवरुद्ध बनेको विद्युत् सेवा अझै सञ्चालनमा आउन नसकेको हो।

विद्युत् सेवा सञ्चालनमा ल्याउने प्रयास जारी रहेको विद्युत् प्राधिकरण दमक वितरण केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख सुरेन्द्र शाहले पाँचगाछी, माहाभारा, बैगुनधुरा, कोरोबारी, गौरीगञ्ज र जुरोपानी क्षेत्रमा कम्तीमा ५० वटा विद्युत्का पोल ढलेका प्रारम्भिक जानकारी आएको बताए। उनले भने, ‘कहाँ कति क्षति भएको छ भन्ने क्षतिको विवरण संकलन गर्ने र विद्युत् मर्मत गर्ने काम भइरहेको छ चाँडै सञ्चालनमा आउँछ।’

उनले गाउँको गौरीगञ्ज क्षेत्रको केही भूभागमा राति ११ बजेसम्म काम गरेर विद्युत् आपूर्ति गरेको बताए। उनले भने, ‘गएराति ११ बजेसम्म ५० जनाको टोलीले काम गरेर, गौरीगञ्जको केही क्षेत्रमा विद्युत् पुर्‍याएका छौं, अझै धेरै ठाउँमा बनाउनु पर्नेछ, हामीले प्रत्येक्ष अनुगमनका क्रमम ५० वटा पोल ढलेको देख्यौं तर, अझै धेरै ढलेको हुन सक्छ, रुखहरु विद्युत् पोलमै ढलेकाले समस्या भएको छ’

उनले सबै जसो विद्युत् पोलहरु भाँचिएका कारण त्यहाँ नयाँ पोल गाड्ने र मर्मत सम्भार गर्ने काम द्रुत गतिमा भईरहेको बताए। उनले आज पनि बिहानदेखि नै प्रभावित क्षेत्रमा आफैं स्थलगत अनुगमन गरेर क्षतिको विवरण लिने र मर्मत सम्भार कार्यमा खटिने पनि बताए। उनका अनुसार प्राधिकरणका ४० जना प्राविधिक कर्मचारीहरु हावाहुरी प्रभावित क्षेत्रमा खटिएका छन्। उनले भने, ‘दक्षिणी क्षेत्रमा सबै पोल ढलेको छ, त्यसैले अझै ५/६ दिनमा मात्र विद्युत् आउँछ।’

विद्युत् सेवा अवरुद्ध हुँदा दक्षिणी क्षेत्रमा स्थानीय समस्यामा परेका छन्। उनीहरुले मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सम्पर्कविहीन बनेका छन् भने गाउँमा सञ्चालित विद्युतीय मिल सञ्चालनमा आउँन नसक्दा मिल सञ्चालनमा आउन सकेको छैन। मिल सञ्चालनमा नआउँदा धान कुट्नसमेत नपाएको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.