|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। जिल्ला निर्वाचन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले दिएको जानकारी अनुसार सम्पन्न परिणामअनुसार बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेम तिमल्सिनाले ३ हजार ८ सय ६८मत प्राप्त गरी विजयी भएका हुन्। तिमल्सिनाको प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले २ हजार ७ सय ४१ मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै सरिता लामिछाने लामाले ३ हजार ८ सय ५२ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने लामाको प्रतिस्पर्धी नेकपा एमालेका उन्नति केसीले २ हजार ८ सय ४१ मत प्राप्त गरेका छन्। उता डाँडापारिको खानीखोला गाउँपालिकाको मत गणना कार्य सम्पन्न भएको जनाए पनि सञ्चारको पहुँच नभएका कारण प्राप्त मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.