|

म्याग्दी : रघुगङ्गा गाउँपालिका–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले विजयी भएका छन्।

एमाले माओवादी केन्द्रको संयुक्त प्यानलबाट वडा अध्यक्षको उम्मेदवार बनेका कटुवाल ९९४ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरसिंहबहादुर खत्रीले ४४३ मत पाए।

रघुगङ्गा–२ वडामा अध्यक्षसहित एमाले–माओवादीको प्यानल नै विजयी भएको छ। खुला सदस्यमा देवेन्द्र केसी र रवीन भण्डारी, महिला सदस्यमा गोरी भण्डारी तथा दलित महिला सदस्यमा रसिला परियार निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.