|

बाग्लुङ : बाग्लुङको गल्कोट नगरपालिकाका प्रमुखमा राष्ट्रिय जनमोर्चालाई पछि पार्दै नेपाली कांग्रेसले विजय हासिल गरेको छ। बुधबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार गल्कोट नगर प्रमुखमा कांग्रेसका भरत गैरे निर्वाचित भएका हुन्। उनले ५ हजार ८ सय १५ मत ल्याएका छन्।

निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका टंक केसीले ३ हजार ६ सय ६२ मत ल्याएका छन्। उनी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका भाइ हुन्। त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी रेणुका काउछा निर्वाचित भएकी छन्।

उनले ६ हजार ९९ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी रत्ना भण्डारीले ३ हजार ३ सय ५७ मत पाइन्। गल्कोट वडा नम्बर १ को वडाअध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवार निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.