|

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित खानीखोला गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।सो गाउँपालिकाको सम्पन्न मतगणना परिणामअनुसार नेकपा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको हो।

एमालेका कृष्णबहादुर खुलालले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) लाई पछाडि पार्दै विजयी हासिल गरेका हुन्। एमालेका कृष्णबहादुर खुलालले २ शजार २३ मत प्राप्त गरेका छन् भने उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका छिन्ताङले १६ सय ४४ मत प्राप्त गरेका हुन्।

त्यस्तै उपाध्यक्षमा एमालेकै रुकमणी गुरुङले २ हजार १ सय ३० मत प्राप्त गरी नेपाली कांग्रेसकी तारादेवी आचार्यलाई पछाडि पारेकी हुन्। आचार्यले १ हजार ५ सय ९६ मत प्राप्त गरेकी छन्। सो गाउँपालिकाको वडा अध्यक्षहरुमा वडा नं. १ र ४ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षहरु विजयी भएका छन् भने २, ३, ५ र ६ मा नेकपा एमाले र ७ नं. वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.