|

काभ्रे : काभ्रेको रोशी गाउँपालिकामा नेपाली कांग्रेस विजय नजिक पुगेको छ। वडा नम्बर १ बाहेक बाँकी सबैको मतगणना सकिँदासम्म कांग्रेसल् ४ हजार २४ मत ल्याएको छ। निकटतम प्रतिद्वन्द्वी एमालेको २६ सय ९५ र माओवादी केन्द्रको १९०६ मत छ।

काभ्रेबाट थाहाकर्मी पेमा लामाले दिएको जानकारी अनुसार अब वडा नम्बर १ को मतगणना मात्रै बाँकी छ। यस वडामा ७ सयको हाराहारीमा मात्रै मत खसेका कारण यस वडाको मतगणना गर्नुअघि नै कांग्रेसको जित निश्चितप्राय भइसकेको छ।  

गाउँपालिकाको अन्तिम परिणाम साँझ ५ बजेभित्र आइसक्ने निमित्त अधिकृत गणेश आचार्यले जानकारी दिएका छन्।

गणना भईसकेको वडा मध्ये वडा नं. ४ महादेवटारका देशभक्त जनतान्त्रिक मोर्चे नेकपा क्रान्तिकारी माओवादीका स्वतन्त्र उम्मेदवार तेज बहादुर राना मगरले विजयी हासिल गरेका छन्। मगरले १८४ मत ल्याएर नेकपा माओवादी केन्द्रको भगवान तामाङलाई पछाडी पारेका हुन्। तामाङले १६४ मत प्राप्त भएको छ।

त्यस्तै वडा नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धनजीत लामाले विजयी हासिल गरेका छन्। लामाले २३४ मत ल्याएर नेपाली कांग्रेसका चन्द्र बहादुर लामालाई पछाडी पारेका हुन्। लामाले २२९ मत प्रात  गरेका छन्।

गाउँपालिकाको वडा नं. २ मा नेपाल लोकतान्त्रिक फोरमको पोते लामा विजयी भएका छन्। लामाले १९२ मत ल्याएर नेपाली कांग्रेसको प्रेम लोप्चनलाई पछाडी पारेका हुन्। लोप्चनले १६७ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.