|

लमजुङ: लमजुङको दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी छुपीमाया गुरुङ निर्वाचित भएकी छन्।

नेकपा माओवादी केन्द्रका सतीमाया तामाङलाई ६५७ मतले पछि पार्दै दुई हजार ४१३ मत ल्याएर गुरुङ विजयी भएकी हुन्।

उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका तामाङले एक हजार ७५६ मत ल्याएकी छन्। उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै कमलप्रसाद धिताल विजयी भएका छन्। उनले दुई हजार ३७३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका धनबहादुर गुरुङले एक हजार ९२३ मत ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.