विजय जुलुस मनाउने क्रममा एक कार्यकर्ताको मृत्यु

|

  • दीपक शर्मा-

सल्यान: सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका सन्तोष केसीले दुई हजार ९२२ मत प्राप्त गरी विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओजबहादुर बुढाथोकीले दुई हजार ६१२ मत प्राप्त गरेका छन्। 

यस्तै उपाध्यक्षमा सीता केसी विजयी भएकी छन्। उनले दुई हजार ८१४ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी बुद्धा केसीले दुई हजार ७०२ मत प्राप्त गरेकी छन्। 

छत्रेश्वरी गाउँपालिका- १ मा नेपाली कांग्रेसका नेवबहादुर शाह, वडा नं.- २ मा माओवादी केन्द्रका प्रेमबहादुर खड्का विजयी भएका छन्। यस्तै वडा नं.- ३ मा नेकपा एमालेका राजबहादुर बुढाथोकी, वडा नं.- ४ मा नेकपा एमालेका नेवबहादुर खड्का र वडा नं.- ५ मा एमालेकै लीलाधर घर्ती विजयी भएका छन्।

यसैगरी वडा नं.- ६ मा नेपाली कांग्रेसका चूडामणि दशौदी र वडा नं.- ७ मा नेपाली कांग्रेसका रामबहादुर खड्का विजयी भएका छन्। 

हालसम्म सल्यानमा चार स्थानीय तहमा सार्वजनिक भएको नतिजाअनुसार  नेपाली कांग्रेस दुई, नेकपा एमाले एक र नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा जीत हासिल गरेका छन्।

विजय जुलुस मनाउँदै गर्दा कांग्रेस कार्यकर्ताको मृत्यु

सल्यानमा स्थानीय तहमा नेपाली कांग्रेसले विजय जुलुस मनाउँदै गर्दा नेपाली कांग्रेसका एक कार्यकर्ताको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका- ६ का २४ वर्षका खिमबहादुर खत्रीको मृत्यु भएको हो। 

जुलुसमा हिँडिरहेको अवस्थामा एक्कासि लडेपछि घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.