दुईमा माओवादी र एकमा एमालेको अग्रता, एउटामा मत गणना स्थगित

|

  • दीपक शर्मा-

सल्यान: सल्यानका १० स्थानीय तहमध्ये छवटा तहको मत परिणामअनुसार कांग्रेस, एमाले र माओवादी केन्द्रले दुई÷दुईवटा तहमा विजय हासिल गरेका छन्। 

बाँकी चार तहमध्ये कुमाख मालिका र वनगाड कुपिण्डे गाउँपालिकामा माओवादीले अग्रता लिएको छ भने कालिमाटी गाउँपालिकामा एमालेले अग्रता लिएको छ। शारदा नगरपालिका– ४ मा ४० मत हराएको भन्दै एमाले, माओवादी र राप्रपाले मतगणना बहिष्कार गरेपछि मतगणना कार्य स्थगित  भएको छ। 

यसै गरी वागचौर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। यस नगरपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार लोकमान बुढाथोकीले पाँच हजार १२१ मत ल्याएर विजयी भएका हुन्। माओवादी केन्द्रकै उपाध्यक्षका उम्मेदवार कल्पना पुनले पाँच हजार २१५ मत ल्याएर विजयी भएकी छन्।

अध्यक्षका प्रमुख प्रतिद्वन्द्वी एमालेका लोकबहादुर डाँगीले तीन हजार ६८० मत ल्याएका थिए भने उपाध्यक्षका प्रतिद्वन्द्वी एमालेकै ओकाकुमारी खत्रीले तीन हजार ५९० मत प्राप्त गरेकी छन्।

ढोरचौर गाउँपालिकामा एमाले विजयी भएको छ। एमालेका अध्यक्षका उम्म्दवार चित्रबहादुर चलाउनेले यस नगरपालिकामा एक हजार ९२५ मतसहित जीत हात पारेका छन्। एमालेकै उपाध्यक्षका उम्मेदवार पुष्पा बोहोराले एक हजार ९४६ मत प्राप्त गरी विजयी भएकी छन्।

यस नगरपालिकामा अध्यक्षका प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ र माओवादी केन्द्रकै उपाध्यक्षका उम्मेदवार भूमि बुढाथोकीले एक हजार ५९९ मत प्राप्त गरेका छन्।

यसरी नै दार्मा गाउँपालिकामा माओवादी विजयी भएको छ। यस नगरपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार नीमबहादुर कुसीले तीन हजार ६९४ मत प्राप्त गरी विजयी भएका हुन्। यसरी नै माओवादी केन्द्रकै टीका शर्मा वलीले तीन हजार ६९५ मतसहित विजय हात पारेका हुन्।

अध्यक्षका प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र केसीले दुई हजार ७७१ र उपाध्यक्षका उम्मेदवार  दलबहादुर केसीले दुई हजार ६१९ मत ल्याएका छन्। यहाँ कांग्रेस र माओवादीबीत तालमेल भएको थियो।

सल्यानकै त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। यस नगरपालिकामा कांग्रेसका मानबहादुर डाँगी दुई हजार ७६५ मतसहित विजयी भएका हुन्। यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै करुणा खड्का दुई हजार ६४५ मतसहित विजयी भएकी छन्।

अध्यक्षका प्रतिद्वन्द्वी एमालेका लोकेन्द्रसिंह खड्काले दुई हजार ३१७ र उपाध्यक्षका उम्मेदवार एमालेकै पवित्रा केसीले दुई हजार ३७७ मत ल्याएका छन्।
कपुरकोट गाउँपालिकामा एमाले विजयी भएको छ। यस नगरपालिकामा एमलेका अध्यक्षका उम्मेदवार भीमबहादुर सेनले तीन हजार १५२ र उपाध्यक्षका उम्मेदवार एमालेकै तिला बुढामगरले तीन हजार ३८० मत ल्याएर विजयी भएका हुन्।

यहाँ अध्यक्षका प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रकाश भरारीले दुई हजार १३५ र उपाध्यक्षका उम्मेदवार माओवादीकै एलिना रानाले एक हजार ९६८ मत ल्याएका छन्।

छत्रेश्वरी गाउँपालिकामा भने कांग्रेस विजयी भएको छ। यस नगरपालिकामा कांग्रेसका अध्यक्षका उम्मेदवार सन्तोष केसीले दुई हजार ९२२ र उपाध्यक्षका उम्मेदवार कांग्रेसकै सीता केसीले दुई हजार ८१४ मतसहित विजयी भएका हुन्।

अध्यक्षका प्रतिद्वन्द्वी एमालेका ओजबहादुर बुढाथोकीले दुई हजार ६१२ र उपाध्यक्षका उम्मेदवार एमालेकै बुद्धाकुमारी खत्री केसीले दुई हजार ७०२ मत प्राप्त गरेका छन्। 

स्थानीय तह निर्वाचनको सल्यान जिल्लाका ६४ वडाको नतिजा पनि सार्वजनिक भएको छ। नतिजाअनुसार ६४ मध्ये २५ वडामा माओवादी केन्द्र, २३ मा एमाले र १५ मा कांग्रेस विजयी भएका छन्।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.