|

जनकपुरधाम: आफन्तले उपचार गराउन ल्याएर उपचारकै क्रममा छाडेर भागेपछि जनकपुरक अंचल अस्पतालमा अलपत्र परेका तीन जना सिकिस्त बिरामीमध्ये एक महिलाको मृत्यु भएको छ।

उपचारका लागि भर्ना गराएर परिवारजन सम्पर्कविहीन भएका तीन महिलामध्ये महोत्तरी जिल्ला एकडारा घर भएकी पुनम देवीको उपचार अभावको कारण मृत्यु भएको हो।

सिकिस्त बिरामी परेकी र आफन्त एवं कुरुवाको कुनै अत्तोपत्तो नभएका इलामकी पूजा पौडेल, धनुषाको दुहवी बस्ने रानी झा र महोत्तरीको पुनम देवीको उपचार जनकपुर जनकपुर अञ्चल अस्पतालमा भइरहेकै अवस्थामा उनको मृत्यु भएको हो।

जनकपुरका असहाय संरक्षण मञ्चका संयोजक बैद्यनाथ साहको पहलमा उपचार भइरहकोमा बढी सिकिस्त बिरामी रहेकी पुनम देवीको मृत्यु भएको हो। दुई जना महिलाको पेटमा पानी जमेको छ भने मृत्यु भएकी पुनम देवीलाई गम्भीर प्रकृतिको रोगले संक्रमित रहेका कारण मृत्यु भएको जनकपुर अञ्चल अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.