|

भक्तपुर : स्थानीय तह निर्वाचन २०७४ अन्र्तगत विवादित बनेको चाँगुनारायण नगरपालिका ६ (साविक नगरकोट गाविस) मतदान केन्द्र ‘ख’ मा आज मतदान भएको छ।

कुल ८०७ मतदाता रहेको उक्त केन्द्रमा आज भएको मतदानमा ६८७ मत खसेको थियो। यस नगरपालिकामा कुल ३४ हजार ५४८ मतदाता रहेकामा ३१ गते र आज भएको मतदानमा गरी कुल २८ हजार ९४ मत खसेको छ।

वैशाख ३१ गते मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किएपछि आज पुनः मतदान गरिएको हो।

चाँगुनारायण नगरपालिकामा आजै बेलुकीदेखि मतगणनासमेत सुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.