|

काभ्रे : रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर लामा विजयी भएका छन्। ४ हजार ३ सय ४२ मत ल्याएर उनी अध्यक्ष पदमा विजयी भएका हुन्।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बज्रध्वज लामाले २ हजार ९ सय ५७ मत प्राप्त गरे। उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी बर्तौला विजयी भएकी छन्। बर्तौलाले ३ हजार ८ सय ९८ मत प्राप्त गरेकी छन्। प्रतिस्पर्धी नेकपा एमालेकी बबिता बोहोराले २ हजार ९३३ मत प्राप्त गरेकी छन्।

गाउँपालिकाको वडाहरुमध्ये वडा नं. ६, ७, ८, १० र ११ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ। वडा नं. ५ र १२ मा नेकपा माओवादी केन्द्र, वडा नं. ३ र १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, वडा नं. ९ मा नेकपा एमाले, वडा नं. ४ नेकपा (क्रान्तिकारी माओवादी) वैद्यका स्वतन्त्रबाट र वडा नं. २ मा नेपाल लोकतान्त्रिक फोरमले विजय हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.