|
फोटो: अभियान दैनिक

काठमाडौं: सरकारले हुलाकी राजमार्गअन्तर्गत १० ओटा नयाँ शहर निर्माणका लागि जिल्ला छनोट गरेको छ। चालू आर्थिक वर्ष २०७३र७४ को बजेट भाषणमा हुलाकी राजमार्गमा नयाँ शहर विकास गर्ने घोषणा भएअनुसार दक्षिणतर्फ फैलिएका तराई–मधेशका १० जिल्ला क्रमशः झापा, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, बारा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुर छनोट भएका हुन्।

सरकारले कार्यान्वयनमा ल्याएको मध्यपहाडी लोकमार्गका नयाँ शहर निर्माण गर्ने ढाँचामै हुलाकी राजमार्गमा पूर्व–पश्चिम लोकमार्गको समानान्तर करीब २० देखि ३० किलोमिटर दक्षिणतर्फ फैलिएका तराई–मधेशका जिल्लामा नयाँ शहर विकास गर्न तयारी गरिएको शहरी विकास मन्त्रालयले जानकारी दिएको छ। उक्त राजमार्गले पूर्वमा झापाको सदरमुकाम भद्रपुरबाट शुरू भई पश्चिम कञ्चनपुरको भारतीय सीमासम्म फैलिएका तराईका २० जिल्लालाई जोडेको छ।

तराईको लाइफ लाइन (जीवनरेखा)को रूपमा हेरिएको उक्त राजमार्गमा निर्माण हुने नयाँ १० शहर निर्माणका लागि ४ चरणबाट जिल्ला छनोट गरिएको नयाँ शहर आयोजना समन्वय कार्यालयका कायममुकायम आयोजना निर्देशक पराग कायस्थले बताए । उनले भने, ‘सरकारले चालू आवमा घोषणा गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने गरी हामीले तराईका १० जिल्लाका विभिन्न क्षेत्रहरू छनोट गरिसकेका छौं, तर ती शहरहरू निर्माणका लागि लाग्ने लागत भने यकीन हुन सकेको छैन ।’ उनका अनुसार आगामी आर्थिक वर्ष २०७४र७५ मा कार्यक्रम तथा रकमको व्यवस्थाका लागि मन्त्रालयसमक्ष प्रस्ताव गरिसकिएको छ।

नयाँ शहर आयोजना निर्माणका लागि जमीनको उपलब्धता, जनसङ्ख्या, जनघनत्व, नोडल जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषि कार्यमा संलग्नको जनसङ्ख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचका ११ ओटा सूचकका आधारमा जिल्लाका क्षेत्रहरू छनोट गरिएको हो ।

पहिलो चरणमा १ सय २९ ओटा बस्ती छनोट गरिएकोमा दोस्रो चरणमा ती बस्तीबाट ७५ ओटा बस्ती छनोट गरिएको थियो। त्यसपछि तीमध्येबाट तेस्रो चरणमा ५१ ओटा बस्ती र चौथो चरणमा ४८ ओटा बस्ती छनोट गरिएको थियो। ती बस्तीमध्येबाट उक्त सूचकअनुसार प्राप्ताङ्कका आधारमा १० जिल्लाका १र१ क्षेत्रमा नयाँ शहर निर्माणका लागि जग्गा छनोट गरिएको हो। हुलाकी राजमार्गको करिडोरमा अवस्थित विकासको गतिमा अगाडि बढेका र भविष्यमा विकासको गति लिने सम्भावना रहेका नयाँ बस्तीहरू छनोट गरिएको मन्त्रालयले बताएको छ। 

मुलुक सङ्घीय प्रणालीमा प्रवेश गरेसँगै प्रदेश नं। १ मा २, प्रदेश नं। २ मा ४, प्रदेश नं। ५ मा २ र प्रदेश नं। ७ मा २ ओटा नयाँ शहर निर्माणका लागि जिल्ला छनोट गरिएको हो । उक्त बस्ती तथा जिल्लाहरूमा निर्माण हुने नयाँ शहर छनोट शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले वैशाख २४ गते स्वीकृत गरेका थिए। छनोट भएका १० नयाँ बस्तीरनगरपालिकालाई एक योजना एकाइ मानी एकीकृत शहरी विकास योजना तयार गर्ने, शहरी पूर्वाधार तथा विकास योजना छनोट गर्ने र आगामी आवदेखि वजेट व्यवस्था गरी शहरी पूर्वाधार विकाससमेत गर्ने निर्णय गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.