|

काठमाडौं : संविधानसभा निर्वाचन र संविधान निर्माण प्रकृया बहिष्कार गरेको नेकपा (क्रान्तिकारी माओवादी) ले स्थानीय तह निर्वाचनमा विजयको खाता खोलेको छ।

स्थानीय सरहकारलाई उपभोग गर्ने रणनीतिका साथ देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत स्थानीय तहमा उम्मेदवारी दिएका सो पार्टीका तर्फाबाट २ वडाध्यक्षले विजय हाँसिल गरेका छन्। स्वतन्त्र हैसियतमा प्रतिस्पर्धामा उत्रिएको पार्टीले ढोरपाटन नगरपालिका ३ र काभ्रेको रोशी गाउँपालिका ४ मा वडाध्यक्ष जितेको हो।

ढोरपाटनमा हेमन्त घर्तीमगर र रोशीमा चेजबहादुर रानामगर विजयी भएका हुन्। वैद्य नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिका सहित अधिकांश स्थानमा उम्मेदवारी दिएको थियो।

त्यस्तै विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले पनि एउटा वडाध्यक्ष जितेको छ। पहाडी जिल्लाबाट विजयको खाता खोलेको फोरमका तर्फबाट काभ्रेको तेमाल गाउँपालिका ३ मा विष्णुबहादुर तामाङले वडाध्यक्ष जितेका हुन्। सो गाउँपालिका फोरमका केन्द्रीय सदस्य गणेश लामाको बसोबास्थल हो। उनी गच्छदार उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको बेला सो पार्टीमा प्रवेश गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.