|

जुम्ला : चन्दननाथ नगरपालिका जुम्लाको प्रमुखमा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी अप्सरादेवी न्यौपाने महत विजयी भएका छन्।

प्रमुखमा सेजुवालले २८०६ र उपप्रमुखमा महतले २०१८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत ईन्द्रकुमार खड्काले बताए। प्रमुख पदका प्रत्यासी नेकपा एमालेका शान्तिलाल महतले २०६६ र उपप्रमुख  न्यौपाने महतका प्रत्यसी नेपाली कांग्रेसका जगतबहादुर खत्रीले १७४४ मत ल्याएको सहायक निर्वाचन अधिकृत खड्काले जानकारी दिए।

नेकपा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार उठेका अशोककुमार श्रेष्ठले २०१५ मत ल्याएका थिए। त्यसैगरी, उपप्रमुखमा उठेका नेकपा एमालेका मेनका रेग्मी चौलागाईले १७१० मत ल्याएकी थिइन्। कान्तिका सेजुवालले जितेपछि नेता कार्यकर्ताले बाजागाजा र र्‍याली लगाएर बजार परिक्रमा गरेका थिए। जुम्लामा नगरपालिका दुवै महिलाले प्रमुख र उपप्रमुखमा विजय भएपछि सबैले ऐतिहासिक जुम्लामा नगरपालिका दुवै महिलाले मेयर उपमेयरमा विजय भएपछि सबैले ऐतिहासिक घटना भनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.