|

काठमाडौं : कम्प्युटरका फाइललाई ‘लक’ (इन्क्रिप्ट) गरेर फिरौती माग्ने समूहले नेपाली इन्टरनेट सेवाप्रदायक र कमर्सियल बैंकमा सेमत आक्रमण गरेका छन्।

एक प्रकारको कम्प्युटर भाइरस (र्‍यान्सम वेयर) मार्फत साइबर अपराधीको अन्तर्राष्ट्रिय गिरोहले गत शुक्रबारदेखि विश्वका विभिन्न मुलुकमा यस्तो आक्रमण गरिरहेको छ। युरोपबाट सुरु भएको भाइरस आक्रमणले छिमेकी मुलुक भारत र चीनमा समेत ठूलो क्षति पुर्याइसकको छ।

‘हामीले नेपालका इन्टरनेट सेवाप्रदायक र बंकमा आक्रमण भएको पाएका छौं’, साइबर सुरक्षा प्रदान गर्ने नेपाली कम्पनी रिगो टेक्नोलोजीका प्रमुख प्राविधिक अधिकृत विजय लिम्बुले भने, ‘उनीहरूले प्रयोग गरेका धेरै कम्प्युटरमा आक्रमण भएको हुनसक्छ।’ 

नेपाली इन्टरनेट सेवाप्रदायक र बै.कहरूले ‘सर्भर’को ‘कोर सिस्टम’ का लागि ‘लिनक्स’ चलाउने गरेकाले आक्रमण हुने सम्भावना कम देखिएको छ।
प्रशासनिक र अन्य कामका लागि भने ‘विन्डोज’ चलाइएकाले यस्ता कम्प्युटरमा आक्रमणको खतरा धेरै छ। लिम्बुले आफूहरूले ‘आइपी एड्रेस’ का आधारमा नेपालका केही संस्थामा आक्रमण भएको पत्ता लगाई इमेल पठाएर सचेत गराइदिएको जानकारी दिए। ‘हामीले केही ठूला इन्टरनेट सेवाप्रदायक, बैंक र मिडियालाई समेत इमेलमार्फत यस्तो देखिएको छ भनेर सचेत गराएका छौं’, उनले भने।

बैंकहरूमा ‘सर्भर’ तथा साइबर सुरक्षा सेवा प्रदान गर्ने एक कम्पनी सञ्चालकका अनुसार नेपालका तीनवटा कमर्सियल बैंकको ‘क्लाइन्ट सेक्सन’ मा ‘रयान्सम वेयर’ आक्रमण भएको छ। नेपालमा धेरैले ‘विन्डोज’ मा आधारित प्रणाली चलाउने गरेकाले आक्रमणको खतरा रहेको जानकार बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.