|

गोरखा  : गोरखाको धार्चे गाउँपालिकामा नेकपा एमाले र नयाँ शक्ति पार्टीको गठबन्धनलाई पछि पार्दै नेपाली कांग्रेसले जित हासिल गरेको छ। नेकपा एमाले र नयाँ शक्तिको तालमेललाई उछिनेर गाउँपालिका अध्यक्षमा कांग्रेसका सन्तोष गुरुङ र उपाध्यक्षमा फुलमाया गुरुङले निर्वाचित भएका हुन्।

नेकपा एमाले र नयाँ शक्ति पार्टीले तालमेल गरी नयाँ शक्तिका लक्ष्मण गुरुङ अध्यक्षको उम्मेदवार बनेका थिए। अध्यक्षमा निर्वाचित कांग्रेसका सन्तोष गुरुङले १७०९ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका लक्ष्मणले १६५६ मत ल्याए। उपप्रमुखका कांग्रेसकी फूलमायाले १५९५ मत ल्याइन् भने माओबादी केन्द्रकी आशा गुरुङले ११२८ मत प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.