|

दमक : पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसतासी–११ मा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।  

बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २५३७ नम्बरको बसले विपरीत दिशातर्फ अाउँदै गरेको मे ७ प ४८४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक शिवसताक्षी–८ का ३७ वर्षीय युवराज खरेल र पछाडि सवार २६ वर्षीया सावित्रा संग्रौलाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बसको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई उपचारका लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरीक्षक कुन्दन देवले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.