|

म्याग्दी अन्नपूर्ण गाउँपालिका अध्यक्षमा कांग्रेसका डमबहादुर पुन विजयी भएका  छन्। तीनहजार ३२० मत प्राप्त गरी पुन गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण पुनले तीन हजार १२७ मत पाए। 

कांग्रेसकी केशमाया मगर तीन हजार २४५ मत ल्याई उपाध्यक्षमा विजयी भइन्। एमालेकी दुर्गादेवी पाइजाले तीन हजार १८६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

१० हजार ५१९ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा सात हजार २२ मत खसेको थियो। अन्नपूर्ण गाउँपालिकाको आठमध्ये चारवटामा कांग्रेस, तीन वटामा एमाले र एकमा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.