|

पर्वत : मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल निर्वाचित भएका छन्। पौडेल चार हजार ५११ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विश्वप्रकाश प्रसार्इंले तीन हजार एक सय २३ मत पाए। 

एमालेकै सेती महत उपाध्यक्ष विजयी भएकी छिन्। उनले चार हजार २७२ मत गरिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मीना केसीले तीन हजार १४१ मत ल्याइन्। 

मोदी–१ मा कांग्रेसको प्यानल नै विजयी भएको थियो भने अन्य सातवटा वडामा एमालेको प्यानलले जितेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.