|

हिन्दी फिल्ममा 'महशूर मां' को भूमिकामा देखिने रीमा लागूको अभिनययात्रामा सधैका लागि विश्राम लागेको छ। छाती दुख्ने समस्या बढेपछि मुम्बईको एक अस्पतालमा निधन भएको हो।

रीमाले अधिकांश फिल्ममा आमाको भूमिकामा अभिनय गरिन्। उनी हजुरआमाको भूमिका निभाउने उमेरमा भने संसार छोडेर गइन्। उनको ५९ वर्षको उमेरमा गएराति १ बजे निधन भएको बीबीसीले लेखेको छ।

रीमा हिन्दी भाषाकासाथै मराठी फिल्म क्षेत्रमा पनि चर्चित नाम हो। उनी खासमा हिन्दी टेलिसिरियलमा प्रख्यात अभिनेत्री थिइन्।

एक दशक बढि मराठी फिल्ममा अभिनय गरेकी उनी मायालु आमाको भुमिकामा परिचित थिइन्। रिमाले ‘मैंने प्यार किया’, ‘आशिकी’, ‘साजन’, ‘हम आपके हैं कौन’, ‘वास्तव’, ‘हम साथ साथ हैं’ जस्ता चर्चित एवम् सफल फिल्ममा अभिनय गरेकी छन्।

उनले १९९० मा 'मैंने प्यार किया' बाट हिन्दी फिल्ममा काम गर्न थालेकी थिइन्। त्यसको १ वर्षमै सन् १९९१ मा उनले अर्को सांगीतिक फिल्म 'आशिकी' बाट साहायक अभिनेत्रीको भूमिका हात पारेकी थिइन्। साथै 'आपके हैं कौन' र 'वास्तव' फिल्मबाट रीमाले हिन्दी फिल्म क्षेत्रमा चर्चीत बनिन्। उक्त फिल्ममा गरेको अभिनयबाट उनको सम्मान पनि भयो।

उनको फिल्मी यात्रा भने श्याम बेनेगलको फिल्क 'कलयुग' बाट सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.