|

चौतारा : सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका अमानसिंह तामाङ विजयी भएका छन्। तामाङले सात हजार ७२९ मत प्राप्त गरे। 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सोम सापकोटाले पाँच हजार ८०६ मत पाए। निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रकी जानुका पराजुली सात हजार ७२२ मत प्राप्त गरी उपप्रमुख निर्वाचित भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी एमालेका सीता थापाले छ हजार २६८ मत ल्याइन्। 

सो नगरपालिकामा वडा नं. १, ३, ६, १०, १२ र १४को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् भने वडा नं. ४, ५, ७, ९, ११ र १३ मा माओवादीका उम्मेदवार विजयी भएका छन्।  वडा नं. २ मा राप्रपा र वडा नं ८ मा कांग्रेसले जित हासिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.