|

काठमाडौं : एनआईसी एशिया बैंकको विभिन्न ९ स्थानका नयाँ शाखाहरुको बुधबार उद्घाटन गरिएको छ। रुपन्देहीको सौ-फर्साटिकर स्थित ९१ औं शाखाको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ, धकधई  स्थित ९२ औं शाखाको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्माले र  भुमहीस्थित ९४ औं शाखाको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भीमबहादुर थापा (भरत)ले उद्घाटन गरे।

त्यस्तै बाँसगढीस्थित ९५ औं शाखाको नेपाल राष्ट्र बैंक, नेपालगंज कार्यालयका निर्देशक गुरुप्रसाद पौडेल, पर्सास्थित ९६ औं शाखाको खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष, गुणराज श्रेष्ठले, टाँडीस्थित ९७ औं शाखाको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर बिसुरालले उद्घाटन गरेका बैंकले जनाएको छ।

तनहुँको दुलेगौडास्थित ९९ औं एवं भिमादस्थित १०३ औं शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष, कृष्णराज पण्डितले, हाकिम चोकस्थित १०१ औं शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले उद्घाटन गरेका छन्।

यी ९ शाखाका विधिवत् उद्घाटनसँगै एनआईसी एशिया बैंकको शाखा संख्या १०७ पुगेको छ। शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा आफू निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक रहेको एनआईसी एशिया बैंकले दावी गरेको छ। बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.