|

सुर्खेत : नेकपा एमालले सुर्खेतमा दोस्रो जित हात पारेको छ। सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कबिन्द्रकुमार केसीले ५३५५ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्क पोख्रेलले ४६०४ र नेकपा माओवादी केन्द्रका झुपबहादुर बुढालले ६६४ मत प्राप्त गरेका छन्।

यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकि चन्द्रकला शाहीले ५३४६ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी भिमा मल्लले ४५७८ र नेकपा माओवादी केन्द्रकी चन्द्रकला खत्रीले ७२५ मत प्राप्त गरेकी छन्।

यसअघि सुर्खेतको लेकवेशी नगरपालिकामा पनि एमालेले जित हासिल गरेको छ। सुर्खेतका ९ स्थानीय तहमध्ये २ तहमा नेपाली कांग्रेस र २ तहमा नेकपा एमाले विजयी भएको छ। अन्य स्थानीय तहको मतगणना भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.