|

काठमाडौँ : फिल्म 'कमलेको बिहे'को गीत सर्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो। लोकलयमा निर्माण भएको 'टाकान टुकुन' बोलको गीतमा राजनराज सिवाकोटीले संगीत भरेका छन्। फिल्ममा राजनराजसँगै शिखर सन्तोष र विपुल गिरीको पनि संगीत रहेको छ।

राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियोमा दीपकमान सिंहले नृत्य निर्देशन गरेका छन्। म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै छाप छोड्न सफल निर्देशक प्रसन्न पौडेलको निर्देशनमा तयार भएको 'कमलेको बिहे'मा अनुप विक्रम शाही र सन्ध्या केसीको अभिनय छ। 

'फिल्म एरेन्ज म्यारिज र लभ म्यारिज बिचको कन्फ्लिट हो। यस फिल्ममा अनुपले 'कमले' र सन्ध्याले 'चमेली' को भूमिकामा देखिनुभएको छ। कमलेले पहिला-पहिला जस्तो आफ्नो घरबाट रोजेको केटीलाई विवाह गर्छ कि आफुले रोजेकोलाई बिवाह गर्छ भन्ने कुरा नै मुख्य विषयबस्तु हो,' फिल्मका विषयमा निर्देशक पौडेलले भने। 

सरिता लामा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दीपक बिस्ट हुन। । विदुर पाण्डेले खिचेको फिल्मलाई तारा थापा 'किम्भे'ले सम्पादन गरेका हुन्।फिल्ममा अनुप र सन्ध्याको अलवा विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तमाङ, किरण लाकोउल लगायतको अभिनय रहेको छ

हेर्नुहोस यस्तो छ गीत :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.