बुटवल : कुख्यात गुण्डा मनोज पुनका सहयोगी भनिएका युवा संघ केन्द्रीय सदस्य सुजु मल्लका परिवारले प्रहरीले सत्यतथ्य नबुझी अपराधमा मुछेको दाब...
- अनिल खत्री-
गुल्मी : गुल्मीका एक परिवारले छोरीको बिहेमा उठेको रकम विद्यायललाई सहयोग गरेका छन्। जिल्लाको छत्रकोट गाउँपालिका ४ निवासी भुपाल ज्ञवालीले छोरीको विहेमा दुई विद्यालयहरुलाई ५०/५० हजार रकम दिएका हुन्।
उनीहरुले गुल्मीको रुरु गाउँपालिका ६ रिमुवास्थित जनज्योति माध्यमिक विद्यालय र पाल्पास्थित दम्कडा माध्यमिक विद्यालय दम्कडालाई उक्त रकम सहयोग गरेका हुन्।
ज्ञवालीले हालै आफ्नी छोरी डा.पुर्णिमा ज्ञवालीको विहे पोखरा महानगरपालिका १७ अन्तर्गत छोरेपाटन निवासी हिराराज चालिसे र पार्वती चालिसेका छोरा डा. जयप्रकाश चालिसेसँग विहे गरिदिएका हुन्। अनावश्यक खर्च गरेर रकमको दुरुपयोग गर्नु भन्दा बरु उक्त रकमलाई सामाजिक क्षेत्रमा खर्चिनुपर्छ भन्ने लागेर आफूहरुले उक्त निर्णय गरेको ज्ञवालीले बताए।
दुवै विद्यालयहरुमा केही दृष्टिविहिनहरुले अध्यन गर्दछन्। 'उनीहरुलाई देखेर सहयोग गर्नुपर्छ भन्ने सोंचाई पहिलेदेखिनै जागेको थियो तर मौका मिलेको थिएन' ज्ञवालीले भने ‘यही मौकामा सहयोग गर्नुपर्छ भन्ने मनमा लाग्यो र घर सल्लाह गरेर हामी उक्त निर्णयमा पुगेका हौं।' समाजमा विहेमा दाईजो दिनैपर्छ भन्ने मान्यता अझै कायमै छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।