|

सुर्खेत : गुर्भाकोट नगरपालिकामा फराकिलो मतान्तरले नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेसका हस्त पुन गुर्भाकोट नगरपालिकाको प्रमुखमा १००६३ मत ल्याएर विजयी भएका हुन्।

नेकपा एमालेबाट प्रमुखको उम्मेदवार रहेका देबबहादुर खत्रीले ७ हजार १ सय २३ मत र माओवादी केन्द्रका हिराबहादुर थापाले १५ सय ९१ मत ल्याए।उपप्रमुखमा नेपाली कांग्रेसकै मैना विक विजयी भएकी छन्।

उनले ९ हजार ९ सय ७४ मत मत ल्याइन्। नेकपा एमालेकी शुशिला विश्वकर्माले ७ हजार १ सय ६६ र नेकपा माओवादी केन्द्रकी नन्दकली कामीले १६०० मत ल्याइन्। १४ वटा वडा रहेको गुर्भाकोट नगरपालिकामा वडा नम्बर १,४ र ९ मा नेकपा एमाले विजयी भएको छ भने अन्य सबै वडामा नेपाली कांग्रेस विजयी भएको छ।

यी हुन् गुर्भाकोट नगरपालिकाका वडा अध्यक्षहरु : 

१. नेकपा एमालेका लालबहादुर खासुमगर

२. नेपाली काँग्रेसका नोखबहादुर वली

३. नेपाली काँग्रेसका ओमप्रकाश बुढामगर

४.नेकपाएमालेकाप्रशन्नकुमारशाह

५. नेपाली काँग्रेसका लालबहादुर पुन

६. नेपाली कांग्रेसका धनिराम जैसी

७. नेपाली कांग्रेसका बिर्खबहादुर सार्की

८. नेपाली कांग्रेसका चित्रबहादुर रेग्मी

९. नेकपा एमालेका शशीराम भट्टराई

१०. नेपाली कांग्रेसका भिमबहादुर खत्री

११. नेपाली कांग्रेसका लालप्रसाद आचार्य

१२. नेपाली कांग्रेसका प्रेमप्रकाश वली

१३. नेपाली कांग्रेसका मधु गुरुङ्ग

१४. नेपाली कांग्रेसका ससबहादुर घले

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.