|

जनकपुर : जिल्ला प्रशासन कार्यालय धनुषाका लागि कार्यरत लेखापढी व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले कुटपीट गरेको आरोप लगाएका छन्।

बिहीबार बिहान कार्यालय खुले लगत्तै प्रमुख जिल्ला अधिकारी चापागाईले जिल्ला प्रशासन कार्यालय धनुषाको छेउ-छाउमा भाडाको घरमा लेखापढी काम गर्न बसेका व्यवसायीहरुलाई एक–एक गरी आफ्नो कार्यकक्षमा बोलाएर कानून व्यवसायीहरुको आरोप छ।

तर,  प्रजिअ चापागाईले भने सेवाग्रहीबाट बढी रकम असुल्ने गरेका कानून व्यवसायीलाई कारबाही गरेपनि कसैलाई कुटपीट नगरेको प्रतिक्रिया दिएका छन्। चेम्बरमा गएका जय मण्डल, सुनिल यादव, रामनारायण साहसहित आधा दर्जन कानून व्यवसायिलाई थप्पड, मुक्काले हान्दै चेम्बरबाट बाहिर पठाएको जय कुमार मण्डलको आरोप छ। ‘ अपशब्द प्रयोग गर्दै गाली गलौजसुरु गरेका सिडीओले कुर्सीबाट उठेर कञ्चटमा थप्पड हान्दै सुरक्षाकर्मीबाट पिटन लगाए,’ मण्डलको आरोप छ।

प्रजिअ चापागाईले भने सेवाग्रहीलाई अनावश्यक केरकार गर्ने गरेकोले कानून व्यवसायीलाई कारबाही गरेर सेवाग्रहीको पैसा फिर्ता गराएको जनाए। कानून व्यवसायिलाई कारबाही गर्नुभन्दा हात नै हान्नुपरेको कारणबारे प्रजिअलाई सोध्दा उनले भने,' मैले  पिटेकै छैन, दोहोरो पैसा असुलेकोमा कारबाही गरेर पैसा फिर्ता गराएको हुँ।

यता लेखापढी व्यवसायीहरुले आफुहरुमाथि गरेको कुटपिट तथा दुव्र्यवहारको घटनालाई लिएर कामकाज ठप्प गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.