पर्वतः पर्वतको कुस्मा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ। यस नगरपालिकाबाट प्रमुखमा रामचन्द्र जोशी र उपप्रमुखमा सीता काफ्ले लामिछाने विजयी बनेका हुन्।
जोशीले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ सुवेदीलाई ८१८ मतान्तरले पराजित गरेका हुन्। जोशीले आठ हजार ५७ मत प्राप्त गर्दा सुवेदीलाई सात हजार २३९ मत मात्र प्राप्त भयो।
यसैगरी उपप्रमुखमा लामिछानेले प्रतिद्वन्द्वी एमालेकी मुवा पोखरेललाई एक हजार ३९६ मतले पराजित गरिन्। लामिछानेलाई आठ हजार ४१९ मत प्राप्त हुँदा पोखरेलको पक्षमा सात हजार २३ मत मात्र प्राप्त भयो।
उता, मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले बाजी मारेको छ। उक्त गाउँपालिकाको अध्यक्षमा प्रेम पौडेल र उपाध्यक्षमा सेती महत निर्वाचित भएका छन्। पौडेल पाँच हजार ६४३ मत र महत पाँच हजार ३९६ मत ल्याउँदै विजयी बनेका हुन्।
परिणामसँगै सातओटा स्थानीय तह रहेको पर्वत जिल्लाको मत गणना सकिएको छ। यहाँ चारओटा तह फलेवास नगरपालिका, मोदी गाउँपालिका, बिहादी गाउँपालिका र महाशिला गाउँपालिकामा एमालेले आफ्नो जीत दर्ता गरेको छ भने कुस्मा नगरपालिका, पैयूँ गाउँपालिका र जलजला गाउँपालिकामा कांग्रेस विजयी बनेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।