|

भक्तपुर : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। ओली निवास बालकोट क्षेत्र यही वडामा पर्छ।

त्यसैले पनि यस वडामा एमालेको बलियो पकड रहेको अनुमान लगाइएको थियो। तर अनुमान गलत साबित भयो। उक्त वडामा नेपालीका कांग्रेसका कमलराज आचार्यले १ हजार ३ सय ८५ मतले आफ्नो पोल्टामा पारेका छन्। उनका प्रतिद्वन्द्वी एमालेका रवि श्रेष्ठले १ हजार ३ सय ६८ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.