|

चितवन : पश्चिम चितवनको शुक्रनगरमा गएराति लुटेरा समूहको आक्रमणमा ४ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर छ।

लुटेराको समूहले भरतपुर–२५ स्थित एकान्तका गंगाराम महतोको घरमा पसी उनीसहित परिवारका सदस्यलाई आक्रमण गरेको हो। लुटेराले गोली प्रहार गर्दा  घाइते भएका २५ वर्षीय गंगारामको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक थापाले जानकारी दिए।

चितवन मेडिकल कलेजमा उपचाररत गंगारामको टाउकोमा लागेको गोली निकालिएको थापाले जानकारी दिए। गंगारामकी आमा साउनी, श्रीमती कुन्ती र बहिनी रामकुमारी सामान्य घाइते छन् ।

मध्यराति माक्स लगाएर आएका तीन जनाको समूहले रड र हम्मर बोकेर आएको पीडितले बताएका छन्। उनीहरुले घरमा रहेको सुनको औंठी, बाला, सिक्री, र केही पैसा लुटेर लगेका छन्।

लुटेराहरु फरार रहेको र शंकास्पद ५ जनालाई नियन्त्रणमा लिए अनुसन्धान थालिएको थापाले जानकारी दिए। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.