काभ्रे : बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका लक्ष्मीनरसिंह बादे ११ हजार ४०९ मत प्राप्त गरी नगरप्रमुख निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामराज जोशीले नौ हजार ६५९ मत प्राप्त गरे।
एमालेकी रेखा सापकोटा दाहाल ११ हजार २ मत ल्याई उपप्रमुख विजयी भइन्। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निर्मला श्रेष्ठले नौ हजार ९६० मत प्राप्त गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।