|

स्याङ्जा : कांग्रेस उम्मेदवार दिलीपप्रताप खाँण वालिङ नगरपालिका प्रमुख निर्वाचित भएका छन्। खाँण १० हजार ६ सय मत ल्याई नगरप्रमुखमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुण्यप्रसाद अर्यालले आठ हजार ७४९ मत प्राप्त गरे। 

त्यस्तै नगर उपप्रमुखमा कांग्रेसकै कल्पना तिवारी नौ हजार ८९५ मत ल्याई विजयी भइन्। उनकी प्रतिद्वन्द्वी एमालेकी खगिसरा थापाले नौ हजार ३५७ मत ल्याइन्। 

१४ वडा रहेको वालिङमा कांग्रेस सात र एमाले सात वडामा  विजयी भएका छन्। वालिङमा ३१ हजार ३१२ मतदाता रहेकामा २२ हजार ४३४ मत खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.