काठमाडौं : गोपिकृष्ण मुभिजले वितरण गर्ने ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी मनोनयन सार्वजनिक गरिएको हो।
२०७३ सालभर प्रदर्शनमा आएका फिल्महरुबाट उत्कृष्ट फिल्म, उत्कृष्ठ अभिनेता, उत्कृष्ठ अभिनेत्री, उत्कृष्ठ निर्देशक, उत्कृष्ट छायांकारलगायत जम्मा २१ वटा विधामा पुरस्कार वितरण गरिने छ। पुरस्कार वितरण कार्यक्रम असार ३ गते गरिने भएको छ।
अवार्ड वितरणका जुरीहरु शुभ बहादुर सुनाम, वसन्त कुमार श्रेष्ठ र प्रदीप उपध्यय हुन्। उनीहरुले २०७३ मा प्रदर्शनमा आएका फिल्महरु हेरी उत्कृष्ठ ५ को मनोनयन सार्वजनिक गरेका हुन्।
सार्वजनिक भएको मनोनयनमा गएको वर्ष रिलिज भएको सुपरहिट फिल्म 'छक्का पन्जा' सर्वाधिक १५ विधामा मनोनित भएको छ। त्यस्तै 'जात्रा' ११ विधामा मनोनित हुँदा 'पुरानो डुंगा' र 'लुट-२' ९ वटा विधामा मनोनीत भएका छन्।
हेर्नुहोस् मनोनयन:
'हिरा' सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
१. आमा सरस्वति गीता देवी फिल्म्स प्रा. ली. - छक्का पन्जा
२. षट्कोण आर्ट्स प्रोडक्सन - जात्रा
३. सिनेमा आर्ट्स/माउत्से गुरुङ - पुरानो डुंगा
४. रोहित अधिकारि फिल्म्स/बि. सी. मोसन पिक्चर्स - गाजलु
५. पपकर्न पिक्चर्स/प्रिन्सेस मुभिस/ब्ल्याक हर्स पिक्चर्स - लुट २
'प्रकाश' सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
१. दिपाश्री निरौला - छक्का पन्जा
२. प्रदीप भटराई - जात्रा
३. रामबाबु गुरुङ - पुरानो डुंगा
४. हेमराज वि. सी. - गाजलु
५. निश्चल बस्नेत - लूट २
'शिव' सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
१. दीपकराज गिरी - छक्का पन्जा
२. आर्यन सिग्देल - होमवर्क
३. विपिन कार्की - जात्रा
४. दयाहाङ् राइ - लूट २
५. सौगात मल्ल - लुकामारी
'भुवन' सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
१. प्रियंका कार्की - छक्का पन्जा
२. बर्षा राउत - जात्रा
३. सिल्पा पोख्रेल - किस्मत २
४. सिर्जना सुब्बा - डाइङ क्यान्डल
५. रिचा शर्मा -वाटो मुनिको फूल २
'नीर' सर्वोत्कृष्ट सह-अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
१. जितु नेपाल - छक्का पन्जा
२. शिवहरि पौडेल - छक्का पन्जा
३. रविन्द्र वानिया - जात्रा
४. अनुप विक्रम शाही - किंग
५. माउत्से गुरुङ - पुरानो डुंगा
'वसुन्धरा' सर्वोत्कृष्ट सह-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
१. अरुणा कार्की - छक्का पन्जा
२. गौरी मल्ल - होमवर्क
३. नम्रता सापकोटा - छक्का पन्जा
४. सुस्मिता के.सी. - म त तिम्रै हुँ
५. मेनका प्रधान - पुरानो डुंगा
'विश्व' सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
१. आयुस्मान देसराज श्रेष्ठ जोसी - चपली हाईट २
२. आर्यन अधिकारी - के म तिम्रो होइन र
३. पृथ्वीराज प्रसाई - किस्मत २
४.सिद खरेल - लप्पन छप्पन
५. आकाश श्रेष्ठ - म त तिम्रै हुँ
'चैत्य' सर्वोत्कृष्ट नव-अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
१. दिया पुन - वीर विक्रम
२. परमिता राज्यलक्ष्मी राणा - चपली हाईट २
३. सुष्टि श्रेष्ठ - गाजलु
४. मरिष्का पोख्रेल - के म तिम्रो होइन र
५. ज्योत्सना योगी - म त तिम्रै हुँ
'गोपालराज' सर्वोत्कृष्ट हास्यकलाकार राष्ट्रिय चलचित्र पुरस्कार
१. राजाराम पौडेल - बाजिगर
२. बुद्धि तामाङ - छक्का पन्जा
३. केदार घिमिरे - छक्का पन्जा
४. रियर राइ - चपली हाईट २
५. रविन्द्र झा - जात्रा
'चेतन' सर्वोत्कृष्ट पटकथा लेखक, राष्ट्रिय चलचित्र पुरस्कार
१. दिपकराज गिरी - छक्का पन्जा
२. प्रदिप भट्टराई - जात्रा
३. निश्चल बस्नेत - लूट २
४. रामबाबु गुरुङ / उपेन्द्र सुब्बा - पुरानो डुंगा
५. यश कुमार - बाटो मुनिको फूल २
'मञ्जु' सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कार
१. पुरुषोत्तम प्रधान - छक्का पन्जा
२. दिर्घ गुरुङ - जात्रा
३. सौरभ लामा - म त तिम्रै हुँ
४. रविन आचार्य / दिपाङ्कर सिक्दर - डाइङ क्यान्डल
५. सैलेन्द्र डी. कार्की - पुरानो डुंगा
'तुलसी' सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कार
१. मित्र गुरुङ - जात्रा
२. सुरेन्द्र पौडेल - लूट २
३. निमेष श्रेष्ठ - पुरानो डुंगा
४. विपिन मल्ल - छक्का पन्जा
५. दिर्घ खड्का - चपली हाईट २
'शम्भुजीत' सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार
१. राजनराज शिवाकोटी - पुर्व पश्चिम रेल (छक्का पन्जा)
२. वसन्त सापकोटा - सिरैमा शिरबन्दी (हाउ फन्नी)
३. काली प्रसाद वास्कोटा - ठमेल बजार (लूट २)
४. काली प्रसाद वास्कोटा - निर जहिले रिसाउने (पुरानो डुंगा)
५. दिपक शर्मा - तिम्रो पिक्चर हिट (किस्मत २)
'उदित' सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार
१. राजनराज सिवाकोटी / अन्जु पन्त - पुर्व पश्चिम रेल (छक्का पन्जा)
२. मेलिना राइ - सिरैमा शिरबन्दी (हाउ फन्नी)
३. मीना निरौला - ठमेल बजार (लूट २)
४. काली प्रसाद वास्कोटा - निर जहिले रिसाउने (पुरानो डुंगा)
५. कृष्ण काफ्ले / दिपाश्री निरौला - सुनन चम्पा (छक्का पन्जा)
'वसन्त' सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
१. कविराज गहतराज - पुर्व पश्चिम रेल (छक्का पन्जा)
२. रेनिशा राई - सिरैमा शिरबन्दी (हाउ फन्नी)
३. विक्रम स्वार - ठमेल बजार (लूट २)
४. रामजी लामिछाने - अधुरो थियो (किंग)
५. कमल राई - दिल नाचे जस्तो (किस्मत २)
'भुटानी' सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
१. हिमाल के.सी. - के म तिम्रो होइन र
२. चन्द्र पन्त - लप्पन छप्पन
३. राजकुमार उप्रेती - लूट २
४. रोशन श्रेष्ठ - किङ्ग
५. एन वि महर्जन - जय परशुराम
'प्रदीप' सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण (मिक्सिङ), राष्ट्रिय चलचित्र पुरस्कार
१. सुनयमान श्रेष्ठ - छक्का पन्जा
२. उत्तम न्यौपाने - चपली हाईट २
३. मनोजराज भण्डारी - जात्रा
४. उत्तम न्यौपाने - जंगे
५. मुकेश शाह - द विनर
'शुभ' सर्वोत्कृष्ट पाश्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कार
१. सुजिल कर्माचार्य - छक्का पन्जा
२. ईमान विक्रम शाह -चपली हाईट २
३. रोहित शाक्य / शैलेश श्रेष्ठ - जात्रा
४. शैलेश श्रेष्ठ - किङ्ग
५. रोहित शाक्य - पुरानो डुंगा
'मह' जुरी, राष्ट्रिय चलचित्र पुरस्कार
निर्णायक समितिले आफैं कार्यविधि बनाइ छनोट गरेको कुनै एक श्रष्टालाई ट्रफी, प्रमाणपत्रसहित रु. ५१ हजार राशिको “मह” जुरी, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ । (यो अवार्ड नेपाली कला, साहित्य, संस्कृति, पर्यटन क्षेत्रको श्रृवृद्धि गर्ने उद्देश्यले जुनसुकै भाषामा स्वदेश वा विदेशमा निर्मित चलचित्रमा संलग्न निर्देशक, कलाकार, लेखक तथा प्राविधिज्ञहरूमध्ये जो कोहीलाई प्रदान गर्न सकिनेछ। विदेशी सष्ट्राको हकमा भने ५५५ युएस डलर पुरस्कार स्वरूप प्रदान गरिनेछ ।)
'कुसुमेरुमाल' सर्वोत्कृष्ट व्यावसायिक चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
आधिकारिक तथ्यांकका आधारमा वर्षभरिमा सबैभन्दा बढी टिकट बिक्री भई सर्वोत्कृष्ट व्यवसायिक सफलता प्राप्त गरेको चलचित्रका निर्मातालाई ट्रफी तथा प्रमाणपत्रसहित रु. ५१ हजार राशीको “कुसुमेरुमाल” सर्वोत्कृष्ट व्यवसायिक चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ ।
'पुष्कर' सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार, राष्ट्रिय चलचित्र पुरस्कार
नेपाली चलचित्र उद्योगको श्रीबृद्धिका उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक चलचित्र पत्रकारलाई ट्रफी, प्रमाणपत्रसहित रु. ५१ हजार राशीको “पुष्कर” चलचित्र पत्रकारिता, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।