|

दमक : आसुसेन फिल्मस् प्रालीको ब्यानरमा निर्मित चलचित्र प्रेम गीत–२ को शीर्ष गीतको कभर गीत प्रतियोगिताका लागि चलचित्र युनिट यतिबेला प्रतिभा खोज्दै पूर्वाञ्चलसम्म आइपुगेको छ।

प्रेम गीत–२ को शीर्ष गीत ‘कहानी यो प्रेम गीतको’ कभर गीत प्रतियोगिताका लागि मोफसलमा रहेका प्रतिभालाई सहभागी गराउन चलचित्र युनिट यतिबेला पूर्वका विभिन्न क्षेत्रमा व्यस्त छ। चलचित्र युनियटले शुक्रबार झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै कभर गीत प्रतियोगितामा सबैलाई सहभागी हुन आग्रह गरेको हो। 

लुकेर रहेका प्रतिभालाई अवसर दिने उद्देश्यले कभर गीत प्रतियोगिता गर्न लागेको चलचित्रका निर्माता सन्तोष सेनले बताए। उनले आफूहरुलाई समाजले जलचित्र हेरेर सहयोग गरेबापत चलचित्रले प्रतिभालाई सबैमाझ ल्याएर सहयोग गरेको बताए। 

उनले भने, ‘हाम्रो चलचित्र प्रोडक्सन हाउसले सधैं कलाको सम्मान गर्छ, त्यसैले कभर गीत प्रतियोगिता गर्न लागेका हौं।’ प्रतियोगितामा सहभागी हुन चलचित्रको शीर्ष गीत ‘कहानी यो प्रेम गीतको’ कभर गीत भिडियोसहित हाइलाइड्स नेपालको युट्युब च्यानलमा अपलोड गर्नु पर्ने पाठकले बताए।

उनले भने, ‘यो गीत गाएर १८ वैशाखदेखि २० असारसम्म युट्युबमा अपलोड गर्नुपर्ने हुन्छ, यो गीतमा एक महिला प्रथम र पुरुष गरेर २ जनालाई घोषणा गरिने छ, उनीहरुले एक/एक लाख रुपैयाँ नगद र आसुसेनको ब्यानरमा निमार्ण हुने अर्को चलचित्रमा गाउने मौका पाउनेछन्।’

आफूहरुलाई प्राप्त गीतको भिडियो असार ३० गते युट्युबमा आफ्नो आधिकारिक युट्युब पेजमा अपलोड हुने चलचित्रका सहायक निर्देशक किरण आचार्यले बताए। उनले भने, ‘हामी असार ३० गते अपलोड गर्छौैं, र भदौ १ गते एक भव्य कार्यक्रमबीच फाइनल राउण्डमा छनोट भएकालाई सहभागी गराउछौं।’

 युट्युबको भ्युअर्सका आधारमा १० जना र जर्जले ५ जना छनोट गर्ने आचार्यले बताए। उनले भने, ‘१५ जनालाई फाइनलमा सहभागी गराउछौं, भ्युअर्सका आधारमा पछि परेका राम्रा ५ प्रतिभालाई जर्जहरुले छनोट गर्नुहुने छ।’

२ करोड बढी लगानीमा निर्माण भएको चलचित्र साउन १३ गतेदेखि नेपालभर प्रदर्शनमा आउने निर्माता सेनले बताए। चलचित्रमा नेपालीभाषी भएर अन्य देशमा बसोबास गरेकाको नेपाल प्रतिको मायालाई समावेश गरेको उनले बताए। उनका अनुसार चलचित्र वर्मा, थाइल्यान्ड र नेपालको विभिन्न क्षेत्रमा छायाकन गरिएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.